असार २९, २०८२ आइतबार July 13, 2025

बाजुराका ९ वटै पालिकामा काँग्रेसको पौडेल सिटौला पक्ष बलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाजुरा काँग्रेसको पालिका स्तरीय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। जिल्लामा पौडेल सिटौला पक्ष बलियो देखिएको छ । जिल्लाका ६९ वडा र नौ वटा पालिका अधिवेशनमा पौडेल सिटौला पक्ष बलियो देखिएको हो ।

संस्थापन देउवा पक्षको बलियो पकड मानिएको बाजुरा जिल्ला यो पटक ठिक उल्टो परिणाम देखिएको छ । ६९ वटा वडा मध्ये पौडेल सिटौला पक्ष ५५ प्रतिशत बढी वडा सभापति आफू निकट बनाउन सफल देखिएको छ । भने देउवा पक्षले ४५ प्रतिशतको हाराहारीमा वडा सभापति बनाउन सफल भएको छ ।

सहमतिका आधारमा वडा सभापति चुनिए पनि आन्तरिक आस्थालाई हेर्दा पौडेल सिटौला पक्ष बलियो देखिएको नेताहरूको दाबी छ ।  जिल्लाका नौ वटा स्थानीय तह मध्ये पनि ६ वटामा पौडेल सिटौला पक्षकै सभापति बनेका छन् । पार्टी सभापति कविराज पण्डितकै गृह नगरमा पौडेल सिटौला पक्षका गोपाल कार्की सभापति बनेका छन् ।

लामो छलफल र सहमतिको प्रयास पछि कार्की सभापतिमा सर्वसम्मत भएका हुन् ।देउवा पक्षबाट जनक थापाले उम्मेदवारी दिएका थिए ।  यस्तै पार्टी सभापतिका उम्मेदवार रामसिंह रावलको गृह नगर त्रिवेणी नगरपालिकामा चुनाव बाटै पौडेल सिटौला पक्षका सुरेन्द्रराज गिरी सभापति निर्वाचित बनेका छन् । गौमुल गाउँपालिकामा राजबहादुर धार्मी, स्वामिकार्तिक खापर गाउँपालिकामा महेश कटेल, जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट पनि पौडेल सिटौला पक्षका हुनुहुन्छ भने । बुढीनन्दा नगरपालिकाका डबल बहादुर खड्का, बुढीगंगा नगरपालिकामा जयराज उपाध्याय खप्तड छेडेदह गाउँपालिकामा सभापति बनेका हर्क रावत देउवा पक्षका हुनुहुन्छ। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, त्रिवेणी, बडिमालिका र गौमुलमा पौडेल सिटौला पक्षको नेतृत्व आएको छ । भने बुढीगंगा, बुढीनन्दा र खप्तड छेडेदहमा देउवा पक्षले नेतृत्व पाएको छ ।

तर देउवा पक्षले भने आफूहरू पाँच वटा स्थानीय तहमा नेतृत्व ल्याउन सफल भएको दाबी गरेको छ । ९ वटा पालिका मध्ये ८ वटामा निर्विरोध नेतृत्व चयन भएको थियो भने एक पालिकामा निर्वाचन भएको थियो । काँग्रेस जिल्ला अधिवेशनका लागि ११ सय ६९ जना प्रतिनिधि छनोट भएका छन् । बाजुरामा पौडेल सिटौला पक्षबाट रामसिंह रावलको एकल उम्मेदवारी छ । भने देउवा संस्थापन पक्षबाट पार्टी सभापति कविराज पण्डित, महा नेपाली, धनराज पण्डित, चक्र बहादुर शाही पदम शाही सहितले आकाङ्क्षा राख्नु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार