असार २९, २०८२ आइतबार July 13, 2025

काँग्रेस महाधिवेशनः नागार्जुनमा गौतम र टोखामा बिमली निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाली कांग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी भएका छन् ।

शनिवार साँझ सम्पन्न मतपरिणाअनुसार गौतमले १२८ मत ल्याएर विजय भएका हुन् । गैतमका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गरे । दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ तथा दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी भएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा रहेका छन् ।

यसैगरी टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन् । कांग्रेस टोखा नगरपालिकाको आज बिहान सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भएका छन्।

टोखामा ११ वडा छन्। यस्तै,  काठमाडौँका पालिकामा शनिबार अधिवेशन घोषणा गरिए पनि दक्षिणकाली नगरपालिकाबाहेक सबै पालिकामा अधिवेशन कार्य प्रारम्भ भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार