असार २९, २०८२ आइतबार July 13, 2025

नेकपा एकीकृत समाजवादी हुम्लाको इन्चार्जमा लोकबहादुर हमाल चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हुम्लाको जिल्ला इन्चार्जमा लोकबहादुर हमाल चयन भएका छन्।

पार्टीले जिल्लाको इन्चार्जमा केन्द्रीय सदस्यसमेत रहेका हमाललाई चयन गरेको एकीकृत समाजवादी हुम्लाका जिल्ला सचिव कमल छत्यालले जानकारी दिए।

उनका अनुसार जिल्लको सहइन्चार्जमा पार्टीका जिल्ला अध्यक्ष शिवराज शर्मा र केन्द्रीय सदस्य हस्तबहादुर शाही चयन भएका छन्।
दुई महत्वपूर्ण पदपूर्ति भएसँगै एकीकृत समाजवादीले जिल्लामा पूर्णता पाएको छ। सहइन्चार्जद्वय शर्मा र शाही पनि एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्। जिल्ला सहइन्चार्ज शाही यसअघि नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय सचिव र उपाध्यक्ष थिए।

त्यस्तै एमाले हुम्लाको सचिवालय सदस्यसमेत रहेका सहइन्चार्ज शाही माओवादी केन्द्र र एमाले मिल्दा सो पार्टीका प्रदेश कमिटी सदस्य थिए। अर्का सहइन्चार्ज शर्मा पनि एमाले र नेकपाको प्रदेश कमिटी सदस्य थिए।

जिल्ला इन्चार्ज चयन भएसँगै केन्द्रीय सदस्य बोहराले जिम्मेवारी थपिएकोसँगै पार्टी संगठन निर्माणको अभियानमा लाग्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया