काठमाण्डौंः जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो । प्रादेशीक, जातीय, समावेशीतालाई आधार नमानेर मन्त्री पठाएको भन्दै अध्यक्ष यादवप्रति जसपाकै नेताहरु असन्तुष्टि जनाएका छन्। उपेन्द्र यादवले मनोमानी ढंगले मन्त्री छानेको भन्दै आफ्नै कार्यकर्ताले उनको पुत्लासमेत जलाए।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं सांसद मो. इस्तीयाक राई, सांसद प्रदीप यादव, प्रमोद साह, अमृता अग्रहरी, मृगेन्द्र सिंहलगायत नेताले यादवविरुद्ध ठूलै कदम चाल्ने चेतावानी समेत दिएका छन् । केन्द्रीय कार्यालयमा कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला समेत जलाएका छन् ।
सरकार गठनमा पार्टीभित्र व्यापक असन्तुष्टि भएको बताएका छन् । सांसद राईले आफ्नो अध्यक्ष उपेन्द्र यादव एकल, स्वाच्छाचारी निर्णय गरेको आरोप लगाए । डा. बाबुराम भट्टराई गोरखा र अशोक राई पूर्व गएको मौकामा मन्त्री छनौट गरेको उनको आरोप छ । यो निर्णयले पार्टी आहात भएको छ, प्रदेश २, बागमती र लुम्बिनीबाट समावेशिताको आधारमा मन्त्री छनौट गर्ने जिम्मा तीन शीर्ष नेतालाई दिइएको हो। तर, यादवले एकलौटीरुपमा गरे, यो हामीलाई स्वीकार्य हुँदैन, उनले भने, ‘यो सच्याउनुपर्छ।’
यादवले आन्दोलनको मर्मविपरित काम गरेको उनको आरोप छ । उनले आफू मन्त्री नभएको भन्दा पनि व्यवहार त पार्टी मुल मर्म, पद्धतिमाथि नै प्रहार भएको र एकै समुदायका व्यक्तिलाई मात्रै मन्त्री बनाएको उनको आरोप छ ।
जसपाबाट राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गरेका छन् । उनले श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादव र वन तथा वातावरणमन्त्री रामसहाय यादव भएका छन् ।
मन्त्री नियु्क्तप्रति असन्तुष्टि र नेतृत्वविरुद्ध ठूलै कदम चाल्ने चेतावानी दिएका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएकामा पर्सामा अध्यक्ष यादवविरुद्ध प्रर्दशन नै भएको छ। अध्यक्ष यादवले पार्टीमा बबाल हुने आंशकमा नै राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गराएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने दबाब दिएअनुसार नै मन्त्रिपरिषदको गठन भएको हो ।
अध्यादेश कायम रहेको भए पार्टी विभाजन हुने आंशका यादव थियो । अझै पनि असन्तुष्ट समूहले जुनसुकै कदम चाल्न सक्ने भएका छन् । ओली सरकारकै पालामा तत्कालिन संघीय समाजावादी पार्टी(सपा)लाई विभाजन गर्ने अध्यादेश ल्याइएको थियो । अन्नपुर्णबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया