असार २९, २०८२ आइतबार July 13, 2025

बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एमाले) ले विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गरी पहिराका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन भएका, कतिपय व्यक्ति बाढीमा फस्न पुगेको र हवाहुरीले पाकेको धानबाली सखाप भएको जनाउँदै कृषिमाथि आश्रित लाखौँ किसान परिवारमाथि ठूलो बज्रपात भएको उल्लेख गर्नुभएको छ ।

एमालेले यसक्रममा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसानको पीडाप्रति सहानुभूति व्यक्त गरेको छ । “वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछौ”, विज्ञप्तिमा भनिएको छ, “अवरुद्ध यातायातलगायत सेवा तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्ति र सङ्कटमा परेका पर्यटकको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछौ । मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीले अप्रत्यासितरुपमा आउने यस्ता विपत्तिको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्दछौ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया