असार २८, २०८२ शनिबार July 12, 2025

एमाले स्थायी कमिटीको बैठक भोली बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी बिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनकाअनुसार बैठकका मुख्यतः पाँचवटा एजेण्डा छन् । बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया