असार २८, २०८२ शनिबार July 12, 2025

किन दिए भीम रावलले कार्यदल संयोजक पदबाट राजिनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका नेता भीम रावलले १० बुँदे कार्यान्वयन सहजीकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिएका छन् ।

नेता रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गठित कार्यदलको संयोजकबाट शुक्रबार राजीनामा दिएका हुन् ।

उनले १० बुँदे कार्यान्वयन नभएको र दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै असन्तुष्टी जनाएका छन्। एमाले अध्यक्ष औलीले १० बुँदे कार्यन्वयन नगरेर शुक्रबार रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई एमालेको केन्दीय सदस्यमा नियुक्त गरेपछि रावल चिढिएको स्रोतको दाबी छ ।

त्यससँगै उनले संयोजक पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया