असार २८, २०८२ शनिबार July 12, 2025

प्रभु शाह फकाउन एमाले केन्द्रीय सदस्यमा दुई जना थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को आजको स्थायी कमिटी बैठकले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

थपिएका सदस्यमा कुन्दन कुशवाह (रौतहट) र मोहम्मद समीर (बारा) रहनुभएको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । उहाँहरु नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल नेता प्रभु साहनिकट रहेको जनाइएको छ ।

यसैबीच एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार मुलुकभर वडास्तर र यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन गर्ने कार्यतालिका रहेको छ । राससको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया