काठमाण्डौंः नेकपा (एकीकृत) समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापाले पाएका छन्। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो। थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् ।
एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए। उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ। एकीकृत समाजावादीले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको थियो ।
यस्तै, सह–इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेर बहादुर केसी र ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको बताइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया