असार २८, २०८२ शनिबार July 12, 2025

काँग्रेस महामन्त्री कोइराला भारत भ्रमणमा निस्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन्। शनिबार बिहान ८ बजे दिनका लागि महामन्त्री कोइरालाको टोली भारत भ्रमणमा निस्किएका हुन् ।

बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई जानेछन्। महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि भारत गएका हुन् ।

तिवारीका अनुसार मुम्बईमा उपचाररत काँग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला भारत जान लागेका बताए। असोजको तेस्रो साता भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सहमहामन्त्री प्रकाशशरण महतको टोली पाँच दिने भारत भ्रमणको गरेर फर्किएका थिए। महामन्त्री कोइराला सोमबार नेपाल फर्कनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया