काठमाण्डौंः परराष्ट्र मन्त्री डा. नारायण खड्काले राजनीति भनेकै सम्भावनाको खेल भएकाले राजनैतिक दलहरुबीच सहमति भए समयअगावै निर्वाचन हुन सक्ने जानकारी दिनुभएको छ ।
शनिवार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्री खड्काले प्रतिनिधि सभालाई पूर्ण अवधि सन्चालन गर्ने गरी सरकार अघि बढिरहेको भएपनि सबैको साझा सहमति बनेमा ‘अर्ली इलेक्सन’को सम्भावना रहेको बताउनु भयो ।
सन्चारकर्मीले गरेको प्रश्नको जवाफमा परराष्ट्र मंत्री खड्काले एमसिसीबारे गठबन्धनभित्र छलफल गरिरहेको र सहमति भएमा मात्र पारित गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले गठबन्धन विच साझा सहमति नभए एमसिसी पारित नहुने स्पष्ट पार्नुभयो ।
परराष्ट्र मन्त्री खड्काले प्रदेश १ र बाग्मती प्रदेश सरकारको नेतृत्व बारे प्याकेजमा नै सहमति हुने भएकाले मुख्यमंत्रीको कार्यकाल बाँडफाँड हुन सक्ने बताउनु भएको छ । प्रदेश १ मा नेकपा एकीकृत सामजवादीको नेतृत्वमा सरकार बन्ने हल्ला भइरहेको बेला मंत्री खड्काले मुख्य मंत्रीले विश्वासको मत पछि मात्र प्रदेश १ सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा छलफल गरेर अगाडी बढ्ने जानकारी दिनुभयो ।
परराष्ट्र मंत्री खड्काले नेपाली कांग्रेसको वडा अधिवेशन समेत नभईरहेका कारण तोकिएको समयमा महाधिवेशन सम्भव नभएको स्पष्ट पार्नुभयो । उहाँले पुष अन्तिम सातासम्म सम्भव रहेको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया