असार २८, २०८२ शनिबार July 12, 2025

लोकतन्त्रलाई सङ्कटबाट बचाउन एकताबद्ध हुनुपर्छ : वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

कञ्चनपुरको बेलौरीमा आज नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले बाढी र पहिराबाट पीडितलाई सहानुभूति व्यक्त गर्नुभयो । उहाँले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराउनुभयो । उहाँले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गर्नुभएको थियो । पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेको ‌औल्याउनुभयो । बेलौरीमा कार्यकर्ता भेटघाट पनि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया