असार २८, २०८२ शनिबार July 12, 2025

नेकपा निकट अखिल (क्रान्तिकारी) को दोस्रो पुर्ण बैठक नवलपरासीमा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )को केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक नवलपरासीको बर्दघाटमा सुरु भएको छ ।

असोज ६-९ गते पोखरामा भएको ऐतिहासिक २२औं राष्ट्रिय सम्मेलन पछि दोस्रो पुर्ण बैठक बसेको हो। बैठक कार्तिक ८-९ गते दुई दिन सम्म चल्ने केन्द्रिय उपाध्यक्ष नरेन्द्र बिकले जानकारी दिएका छन् ।

अखिल(क्रान्तिकारी)अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा भएको बैठक नेकपा महासचिव विप्लवको प्रमुख आथित्यतामा सुरुमा भएको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव,नेकपा केन्द्रिय सदस्य एवं फ्याक्सन इन्चार्ज चिरन पुन,केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर इन्चार्ज सरद ओलि,विद्यार्थीका पुर्व अध्यक्ष चिरञ्जीवी ढकाल लगायत केन्द्रिय समितिका विद्यार्थीहरुको उपस्थिति रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया