असार २८, २०८२ शनिबार July 12, 2025

ओली सरकारले कागजी बजेट ल्याउँदा कार्यान्वयनमा समस्या भयो : गृहमन्त्री खाँण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा कार्यान्वनमा समस्या भएको बताएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई ‘कागजी घोडा’ संज्ञा समेत दिँदै सरकारी कोषमा पैसा नभएकाले कार्यान्वयनमा समस्या भएको बताए ।

शुक्रवार गृहजिल्ला रूपन्देही पुगेका गृहमन्त्री खाँणले गौशालामा गोबर्धन पूजा गर्दै भने, ‘अहिले हामीले यथार्थमा आधारित बजेट ल्याएका छौं । जनतासँग हामीले जे हो त्यहीँ बोल्नुपर्छ । सेतो कागजमा कालो मसीले मात्र बजेट बनाएर भएन । कोषमा पैसा त हुनुपर्‍यो । दातृ निकायको पनि सहयोग गरेको छैन । कागजमा लेखेर मात्र हुन्छ ।’

उनलेले अघिल्लो सरकारले ल्याएका योजनाहरू कटौती नगरेको बताउँदै बजेट अभावले कार्यान्वयनमा समस्या देखिएपछि केही कार्यक्रम रोकिएको स्पष्ट पारे । ‘आम्दानी छैन्, खर्च बढी छ । त्यसैले यथार्थ बजेट ल्याएका छौ । यथार्थ बजेट ल्याउँदा केही योजना कटौती पक्कै भएका छन्,’ उनले भने ।

साथै उनले एमसीसी पास गर्ने सबालमा विपक्षी दलका नेताहरूले दुई चरित्र देखाएको आरोप समेत लगाए । ‘विपक्षी दलका नेताहरुले एमसीसी पारित गर्ने सवालमा एउटा नेतासँग बोल्दा पास गर्न सहयोग गछौं । अर्कोसँग बोल्दा यो त कुनै हालतमा पास गर्न हुँदैन भन्नुहुन्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया