असार २६, २०८२ बिहिबार July 10, 2025

ओली सर्वसम्मत फेरि अध्यक्ष हुनुहुन्छ : टोपबहादुर रायमाझी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने धारणा राखेका छन् ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता रायमाझीले १०-१२ मंसिरमा चितवनमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले ओलीलाई सर्वसम्मत फेरि अध्यक्ष चुन्ने बताए ।

‘हामीले विधान महाधिवेशनमा विधान सर्वसम्मत पारित गर्‍यौ । अब नेतृत्व चयन गरिने हो । अब पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ,’ उनले भने ।

एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरिसकेको भन्दै उनले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रीत भएर अब संगठन विस्तारमा अघि बढ्ने बताए ।-न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया