असार २६, २०८२ बिहिबार July 10, 2025

जनसङ्ख्याका आधारमा मधेशीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छः अध्यक्ष यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताउनुभएको छ ।

जसपा नेपाल कञ्चननगर कार्यसमितिद्वारा आज सप्तरीको कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ ।”

अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको भएपनि भेदभावका कारणले सरकारी सेवामा उनीहरुको प्रवेश कम देखिएको बताउनुभयो ।

दलित, मधेशी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उहाँले देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित भइसकेको छैन, विभेद र उत्पीडनमा परेको ती जाति समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर जारी नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूमि व्यवस्था वैज्ञानिक नभएसम्म किसान आर्थिकरुपले सबल हुन सक्दैन् । यसका लागि आफ्नो पार्टीले प्रयत्न जारी राखेको छ ।” बेमौसमी वर्षाबाट क्षति भएका किसानको राहतका लागि सरकारले रु साढे पाँच अर्ब बजेट छुट्याएको बताउँदै अध्यक्ष यादबले उहाँले बताउनुभयो ।”

अध्यक्ष यादवले देशमा सङ्घीयता, गणतन्त्र, समावेशीतासहितको व्यवस्था स्थापनामा जसपाको अग्रणी भूमिक रहेको उल्लेख गर्दै स्थानीय सरकारदेखि संसद र राज्यको शासन र प्रशासनसम्म मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको सुनिश्चित सङ्घीय प्रणालीकै कारण भएको प्रष्ट पार्नुभयो ।

लोकतन्त्रको रक्षा गर्ने दायित्व समाजवादी पार्टीको भएको बताउँदै उहाँले मधेशमा ठूलो जनसङ्ख्या अहिले पनि नागरिकताबाट वञ्चित रहेको बताउँदै उहाँले उनीहरुलाई नागरिकता दिलाउन नागरिकता ऐन संशोधन हुन आवश्यक रहेको छ भन्नुभयो ।

प्रदेश नं २ का अर्थमन्त्री शैलेन्द्र साहले पार्टी प्रवेशले जिल्ला र सङ्गठनमा थप ऊर्जा आएको बताउनुभयो । सो अवसरमा पार्टीमा प्रवेश गर्नेहरुलाई अध्यक्ष यादवले स्वागत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया