काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफु पार्टीका संस्थापक नेताहरूको सपना पुरा गर्न सक्षम रहेको बताएका छन् ।
काठमाडौँमा शनिबार बिहान ‘बानेश्वरको सेरोफेरो’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीका संस्थापक नेताहरूले जनता र देशका लागि देखेका सपना पूरा गर्न आफू सक्षम रहेको दाबी गरेका हुन् ।
‘किसुनजी, गणेशमानजीको, बीपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो। उहाँहरूले विकसित नेपालको सपना राख्नु भएको थियो’, नेता सिंहले भने, ‘त्यो सपना तपाईंहरूको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ ।’
जनताको प्रतिनिधि भएपछि जस्तोजुकै अवस्थामा पनि ‘फिट’ हुन सक्ने क्षमता हुनुपर्ने उनले बताए। नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउन ‘बानेश्वरको सेरोफेरो’ पुस्तक पढ्नु पर्ने बताए। बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको उनले बताए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया