असार २६, २०८२ बिहिबार July 10, 2025

सर्वसम्मत पदाधिकारी चयन गर्न प्रधानमन्त्रीको नेता तथा कार्यकर्तासँग आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे।

उनले पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मतरूपमा चयन गर्न आग्रह गर्दै त्यसो नभए स्वच्छ प्रतिष्पर्धाबाट चयन  गर्न अनुरोध गरे।

उनले पार्टीभित्रैको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धाको हिसाबले नभई सकभर सर्वसम्वत नभए लोकतान्त्रिक पद्दतिअनुसार स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्नका लागि आग्रह गरेका छन्।

पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनुाका साथै पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत गराएका छन्। उनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विकास निर्माण लगायतका क्षेत्रमा भएको समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

कार्यक्रममा प्रदेश नं १ का प्रमुख पर्शुराम खापुङग, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार, सञ्चार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेस १ नम्बर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला, पूर्वराज्यमन्त्री तथा सङ्घीय संसद् सीताराम मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख सञ्जयसिंह थापालगायतको सहभागिता रहेको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार