असार २६, २०८२ बिहिबार July 10, 2025

कांग्रेस अधिवेशन : पाँचथरमा छैन केन्द्रका गुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली का‌ंग्रेसको १४औं महाधिवेशनअन्तर्गत साेमबार पाँचथरमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुँदै छ ।

निर्वाचन समितिका अनुसार कांग्रेस पाँचथरका पूर्व सचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रुपनारायण जबेगूले प्यानल निर्माण गरी जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा उम्मेद्‌वारी दिएका छन् । दुई समूहका अतिरिक्त अन्य केही का‌ंग्रेस नेता कार्यकर्ताले समेत विभिन्न पदमा उम्मेद्‌वारी  दर्ता गराएका छन् ।

दाहाल समूहले आफ्नो प्यानलबाट उपसभापतिको उम्मेद्‌वारमा हालका जिल्ला कार्यसमितिका अर्का सचिव बृजहाङ आङदेम्बे र डेकेन्द्र चेम्जोङ मैदानमा उतारेको छ । सचिवमा धनराज तुम्बापो र डेकेन्द्रकुमार तामाङ तथा सहसचिवमा सन्तोष श्रेष्ठ र कृष्ण फियाक चुनावी मैदानमा छन् ।

जबेगू समूहले उपसभापतिमा मणिचन्द्र चेम्जोङ र समरबहादुर अधिकारीलाई उम्मेद्‌वार बनाएको छ । सचिवमा दिपक नेपाल र सुबराज थापा तथा सहसचिवमा गजेन्द्र राई र धनसिंह नेम्वाङ चुनावी मैदानमा छन् ।

कांग्रेस पाँचथरका वर्तमान सभापति नरेन्द्रकुमार केरुङ, उपसभापति मित्रप्रसाद काफ्लेसहित पुराना र युवा पुस्ताका नेताहरू दुवै समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेद्‌वार बनेका छन् । एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा आइतबार सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनमा दुवै समूहले एकएक क्षेत्रीय कार्यसमितिमा वर्चस्व राखेपछि चुनावी प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ ।

रोचक पक्ष चाहिँ केन्द्रमा रहेको का‌ंग्रेस गुटबन्दीको प्रभाव पाँचथरमा देखिँदैन । विशेषत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष लिएर जिल्ला कार्यसमितिमा प्रतिस्पर्धा हुन नै सकेको छैन् । सभापतिका दुवै उम्मेद्‌वारले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वा देउवाइतरका नेतालाई आफूले समर्थन रहेको बताउने गरेका छन् । अन्य पदाधिकारीका उम्मेद्‌वार भने विगतमा देउवा तथा नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा खुल्ने गरेका व्यक्तिहरू समेत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार