काठमाडौं:नेकपा कञ्चनपुरले जिल्लाको भीमदत्त नगरपालिकाका नारायणप्रसाद खत्री र निड्स नेपाल कञ्चनपुरकी अध्यक्ष अञ्जु भट्टको नाम अङ्कित गरी अज्ञात समूहले नेकपाका महासचिव विप्लवको किर्ते दस्तखत रहेको धम्कीपूर्ण पत्र छोडी जनतामा भ्रम छरेकोमा घोर आपत्ति जनाउँदै जनकारबाही गर्ने चेतावनी दिएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज महान र सेक्रेटरी जीवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय
पार्टी नेपाल कम्युनिस्ट पार्टी लामो रातोखबर संवाददाता/ कञ्चनपुर समयदेखि दलाल पुँजीवादी संसद्वादी सत्ताका विरुद्ध बलिदानीपूर्ण सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादका पक्षमा •- जनमत सिर्जना गर्न अहोरात्र खटिरहेको कुरा आमजनसमुदायमा थाहा भएकै कुरा हो ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विगत केही समयदेखि भीमदत्त नगर निवासी नारायणप्रसाद खत्री र निड्स (Needs) कञ्चनपुरकी अध्यक्ष अञ्जु भट्टलाई जोडेर नारायणप्रसाद खत्रीका नाममा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय लेटरप्याड स्क्यान गरी पार्टी र महासचिव क. विप्लवको नाम दुरूपयोग गरी धम्कीपूर्ण पत्र पठाएको कुरा पीडितबाट सुन्नमा आएकाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
उत्पीडित र आमसर्वसाधारण जनताका पक्षमा काम गरिराखेको जनप्रिय पार्टी र नेतृत्वलाई बदनाम गर्न आपराधिक समूहले गरेको यो जनविरोधी कार्यप्रति कञ्चनपुर जिल्ला पार्टी घोर भर्त्सना गर्दछ र यस्ता आपराधिक क्रियाकलाप गर्ने व्यक्ति वा समूहलाई पार्टीले अनुसन्धान गरी जनकारबाही गर्नेछ । साथै प्रशासनिक निकायलाई पनि यस्ता आपराधिक व्यक्तिलाई खोजी कारबाही गर्न जोडदार माग गर्दछ। रातोखबर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया