असार २६, २०८२ बिहिबार July 10, 2025

जनतालाई दिएको आश्वासनअनुसार ओलीले काम गर्न सकेनन् : कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राप्रपा अध्यक्ष कमल थापाले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेको बताएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले जनतालाई दिएको आश्वासन पूरा गर्न नसके पनि देश र जनताका लागि दुईवटा महत्वपूर्ण कार्य गरेको भन्दै ओलीकाे तारिफ गरे ।

तराई मधेसमा देखिएको पृथकतावादी आन्दोलन र सशस्त्र संघर्षको बाटोमा रहेका विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण बाटोमा ल्याउने ओलीको कार्य प्रसशंसायोग्य रहेको अध्यक्ष थापाको भनाइ छ ।

साथै कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर नक्सा जारी गरेको र सो नक्सालाई संविधानको अंगमा समावेशन गर्ने कार्यबाहेक ओलीले आफ्नो शासनकालमा राम्रो काम गर्न नसकेको थापाले बताए । उनले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिए । -न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया