काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी गौतम पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । पाणिनी गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी गौतम आज कांग्रेसमा प्रवेश गरेकी हुन् ।
गौतमलाई कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका छन् । तत्कालीन नेकपा एमालेबाट ०७४ सालको स्थानीय निर्वाचनमार्फत गौतम पाणिनी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
पछि एमाले फुटेर एकीकृत समाजवादी गठन हुँदा उनी माधव नेपाल समूहसँगै सो पार्टीमा लागेकी थिइन् । उनी एकीकृत समाजवादीकी अर्घाखाँची जिल्ला सह-ईञ्चार्जकाे जिम्मेवारीमा थिइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया