श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्वास्थ्य मापदण्ड पालना गरेर माघेसंक्रान्ति पर्व मनाउन उपराष्ट्रपतिको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकभर कोरोनाको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर माघेसंक्रन्ति पर्व मनाउन आह्वान गर्नुभएको छ ।

माघे संक्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोरोना भाइरस (कोभिड–१९)को अर्को लहर तीव्र रुपमा फैलिरहेकाले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले लिएको निर्णयको पालना गर्न सबै नागरिकलाई आग्रह गर्नुभयो ।

माघेसंक्रान्ति पर्वले कोरोना भाइरसको तेस्रो लहरलाई नियन्त्रण गर्न सबै नेपालीलाई एकताबद्ध हुन ऊर्जा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास छ । उहाँले मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गर्नुभएको छ ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याललगायत अन्य समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रुपमा मनाउने माघेसंक्रान्ति पर्व मनाउने गर्दछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार