काठमाण्डौंः मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ ।
एमले) मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन् ।
उनीहरूका अनुसार एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साईकल छाप) लाई मतदान गर्ने सहमति भएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदै छ ।
संयुक्त विज्ञप्ति
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया