श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रहरीतर्फ तीन एआईजी थपको प्रस्ताव मन्त्रिपरिषद पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको छ ।

उच्च स्रोतका अनुसार गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नेपाल प्रहरीतर्फ तीन जना एआईजी थप गर्नेसम्बन्धी प्रस्ताव पेस भएको हो । गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग दरबन्दी थपका लागि स्वीकृति मागेको थियो । अर्थले स्वीकृति दिएपछि सो प्रस्तावलाई गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको हो ।

गृहको प्रस्तावमा अर्थको स्वीकृति

‘अर्थ मन्त्रालयको स्वीकृतिपछि गृह मन्त्रालयले नेपाल प्रहरीतर्फ एआईजी थप गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ, गत सोमबारको बैठकमा सो प्रस्ताव पेस भएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

यसअघि नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयारी भएको थियो । तर, सशस्त्र प्रहरीतर्फ भने संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरेर ल्याउन भन्दै तत्काल एआईजी थप नगर्नेगरी प्रस्ताव फिर्ता भएको छ ।

प्रहरी प्रधान कार्यालयले भने तीन एआईजीको दरबन्दी थपका लागि ओएन्डएम गरेर गृह मन्त्रालयमा पठाएको थियो । प्रधान कार्यालयको सो प्रस्तावलाई गृह मन्त्रालयले केही समयअघि नै अघि बढाएको थियो । तर, अर्थ मन्त्रालयले सहमति नदिँदा एआईजी थपसम्बन्धी फाइल ती दुई मन्त्रालयमा नै घुमेको घुम्यै थियो ।

स्रोतका अनुसार पछिल्लो समयमा अर्थ मन्त्रालयले समेत एआईजी थप्ने प्रक्रियामा सहमत बनेपछि प्रक्रिया थप अघि बढेको हो । सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकबाट एआईजी थपको निर्णय हुनेछ ।- राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार