श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एमाले एमसिसीबाट भाग्न नसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कारण प्रतिनिधिसभाको बैठक बस्नै नसकेर स्थगित भइरहेको छ। संसद्मा नारावाजी गरिरहेका प्रमुख प्रतिपक्ष दल एमाले पनि एमसिसी पारित गर्नका लागि मतदानमा भाग लिन बाध्य हुँदै गएको छ।

पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस मात्रै एमसिसी पारित गर्ने पक्षमा रहे पछि कांग्रेस गठबन्धन बाहिर गएर एमालेको समर्थनमा एमसिसी पारित हुने संकेत देखिन थालेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्र समर्थन जुटाउन नसक्दा संशोधन बिना एमसीसीको पक्षमा जाने वा नजाने अन्योलमा छन् भने नेकपा एकीकृत समाजवादी पनि संशोधन बिना एमसिसीको पक्षमा देखिएको छैन। यी दुवै पार्टीको मनसाय एमसिसी हुन्न पनि नभन्ने पारित गर्ने दिन भने लम्बाइ रहने देखिएको स्रोतको भनाइ छ।

संसद् अवरुद्ध गरेकै अवस्थामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित होस् भन्ने एमालेको यस अघिको चाहना पूरा नभए पछि अब कांग्रेससँग एमसिसीमा सहकार्य गर्नका लागि एमालेलाई दबाब पर्न थालेको छ। दबाब कै कारण प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीलाई जसरी पनि संसद्मा टेबुल गर्ने गरी कडा दबाब दिन थालेको धेरै भइसक्यो।

एमाले अध्यक्ष केपी ओली पनि त्यहीँ दबाबमा पर्न थालेको स्रोतले बतायो। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेर सम्झौता पारित नभए नेपालसँगको सम्बन्ध बिग्रन सक्ने संकेत गरेका छन्।

अमेरिकी सहायक मन्त्री लुको यो भनाइ आएदेखि यता कांग्रेस र एमालेले मात्रै भए पनि एमसिसी पारित गर्ने योजनामा देखिएको स्रोतले बताएको छ। सरकारमा हुँदा एमालेले गरेका प्रतिवद्धताका कारण पनि एमालेलाई एमसिसी पारित गर्न नैतिक दबाब परिरहेको छ।-नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार