श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ ।सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले सत्ता गठबन्धभित्र साझा धारणा निर्माण नभई अगाडि बढे गठबन्धन भत्किनसक्ने चेतावनी दिनुभएको थियो । तर, प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गर्न र त्यहींबाट छिनोफानो गर्न आग्रह गर्नुभएको थियो । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्न नहुने अडान दोहर्याउनु भएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने भएकाले एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने अडान दोहोर्याउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले एमसीसी टेबल गर्न गरेको आग्रह प्रचण्डले अस्वीकार गरेपछि एमसीसीको मुख्यालयलाई प्रचण्डले लेखेको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र सार्वजनिक भएपछि प्रचण्ड ठूलो दबाबमा पर्दै आउनुभएको छ । यद्यपि, उहाँले एमसीसी सम्झौतामा रहेको असमान बुँदा संशोधन नगर्दासम्म एमसीसी पारित गर्न नसकिने अडान कायमै राख्नुभएको छ ।

यता, एमसीसीबारे छिटो निर्णय लिन अमेरिकाले समेत दबाब दिँदै आएको छ । प्रधानमन्त्री देउवा र अमेरिकाको दबाबपछि एमसीसीको बारेमा निर्णय गर्न प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवादसमेत गर्नुभएको छ । तर, जवाफमा ओलीले सत्ता गठबन्धनले निर्णय गर्नुपर्ने विषय भएकाले आफ्नो पार्टीले अहिले नै निर्णय नगर्ने जवाफ दिनुभएको छ । प्रधानमन्त्री देउवा कुनै पनि हातलमा एमसीसी टेबल गरेर पास गराउने अडानमा अगाडि बढेपछि रोक्नको लागि प्रचण्डले ओलीसँग संवाद गरे पनि सकारात्मक जवाफ नपाएपछि सबैभन्दा बढी प्रचण्ड संकटमा पर्नुभएको छ ।यो आजको नेपाप समचारपत्र दैनिकमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार