श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छ: प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

नास्टको आज भएको ४५औँ प्राज्ञसभामा उनले विज्ञान–प्रविधिको क्षेत्रमा मुख्यतया शिक्षित जनशक्तिलाई स्वदेशमै पूर्णरुपमा परिचालन गरी प्रतिभा पलायन हुन नदिने तथा विज्ञान–प्रविधिलाई राष्ट्रको आधुनिकीकरण र उत्पादन प्रणालीसँग जोडेर आर्थिक विकासको गतिलाई उच्च बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।

यस क्रममा मुलुकभित्रका वैज्ञानिक, अनुसन्धानकर्मीसहित नास्टमा आबद्ध वैज्ञानिक तथा विज्ञहरूको विज्ञताको पूर्ण उपयोग र वृत्ति विकासका लागि ठोस कार्ययोजना तयार गरी अघि बढाउन प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालय र नास्टका पदाधिकारीहरूलाई निर्देशन दिए। मुलुकको विकासलाई सहयोग पुग्ने गरी नयाँ–नयाँ प्रविधिको खोज, अनुसन्धान र विकास गर्ने, अन्य देशमा आविष्कार भई प्रयोगमा आएका समाजोपयोगी नयाँ प्रविधिलाई मुलुकमा भित्र्याउन आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

उनले भने, “प्रतिष्ठानले केही समय अगाडि मात्र नेपालको स्याटेलाइटलाई अन्तरिक्षमा पुर्याउन गरेको सफल प्रयासका लागि यस कार्यमा संलग्न सबै वैज्ञानिक तथा प्राविधिकहरूलाई बधाई दिन चाहन्छु। विगत दुई वर्षदेखि विश्वलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीलाई नियन्त्रण गर्ने सन्दर्भमा आवश्यक उपकरण र प्रविधि विकास गर्न नवप्रवर्तकहरूलाई सहयोग गर्दै आइसोलेसन बुथ निर्माण गरी नेपाल सरकारका सबै सुरक्षा निकाय, विभिन्न स्वास्थ्य सङ्घसंस्था र स्थानीय निकायहरूलाई उपलब्ध गराउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दछु ।”

नास्टले नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न तथा प्रयोगमा आएका सिलिन्डरको परीक्षण गर्न गरेको प्रयासको उनले उच्च मूल्याङ्कन गर्न चाहन्छु भने। प्रधानमन्त्री देउवाले जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सबै युवा वैज्ञानिक र विज्ञ प्राविधिकहरूलाई थप लगनशील र जागरुक भई मुलुकको विकास र समृद्धिको लागि उपयोगी हुने नयाँ खोज र अनुसन्धानमा लाग्नका लागि अभिप्रेरित गरे ।

“विज्ञान शिक्षकहरूलाई प्रशिक्षण, सूचना पहुँच केन्द्रको स्थापना, मूर्धन्य वैज्ञानिक÷प्राविधिकहरूलाई पुरस्कृत गर्ने तथा अनुसन्धानकर्मी संस्थाहरूलाई सहयोग गर्नेलगायतका कार्यक्रम पनि प्रतिष्ठानबाट सञ्चालन भएका छन्। यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा थप विस्तार गर्दै जान आवश्यक छ भन्ने मलाई लागेको छ”, प्रधानमन्त्री देउवाले भने ।

प्रतिष्ठानले गत आर्थिक वर्षमा सम्पादन गरेका काम–कारबाहीहरूको विस्तृत समीक्षा गरी सम्पादन हुन नसकेका कार्यहरूलाई नयाँ सोच र रणनीतिका साथ चालु आर्थिक वर्षभित्रै यथाशीघ्र सम्पादन गर्न मार्गनिर्देश गर्ने अपेक्षा उनले व्यक्त गरे। प्रतिष्ठानलाई कार्य सम्पादन गर्ने सन्दर्भमा भोग्नुपरेका चुनौती र समस्या सम्बन्धमा पनि रचनात्मक छलफल गरी आगामी दिनमा ती समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक उपायहरू पहिल्याउन पनि बैठक सहयोगी हुनेमा प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार