असार २२, २०८२ आइतबार July 6, 2025

सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ ।

विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरूमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ ।

टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी वर्दिबास बजारमा निक्कै गर्मागर्मा बढेको छ ।
केही दिनअघि नेकपा एमालेका नेताहरू केदार बस्नेत, फाल्गुन सुस्लिङ्ग मगर, क्यापछाकी तथा टेकबहादुर बलाम्पाकीले टिकटको दावेदारीमा गरिरहेको चर्चा थियो । त्यसकोलगत्तै प्रदेश कमिटी सदस्य तथा बर्दिबासका स्थानीय नेता रुपेश कार्कीले आक्रोशसहित विज्ञप्ती निकाल्दै चर्चामा आएका नामप्रति असन्तुष्टि जनाएका थिए ।

 

उनले विज्ञप्तीमार्फत माओवादी केन्द्रवाट एमालेमा गएका टेकबहादुर बलाम्पाकीले नै टिकट पाउनुपर्ने यदि नपाएमा आफूले समेत नगरप्रमुखको लागि दावी गर्ने जिकिर गरेका छन् ।

नेता कार्कीले टेकबहादुर बलाम्पाकीको पक्षमा लबिङ्ग गर्दै उनी टिकटको लायक भएको दावी गरे । संगठनिक विवाद उत्कर्षमा रहेको बेला नेकपा एमालेका नेताहरूले यसलाई गम्भीर रुपमा लिएका छ ।

जिल्लास्तरीय नेताहरूले टिकटलाई लिएर सुरु गरेको कलहले पार्टीमा फाइदा नगर्ने प्रतिक्रिया दिएका छन् ।

आफूलाई चर्चामा ल्याउन कसैले पनि मिडियाबाजी गर्न नहुने उनीहरूको सुझाव छ । केन्द्रीय सदस्य तथा महोत्तरीका स–इन्चार्ज सरोज यादवले कार्कीको विज्ञप्तीलाई लिएर आपत्ती जनाएका छन् । ‘आकांक्षा राख्न जो कोहीले पाइन्छ तर  विज्ञप्तीनै निकालेर मेयरको टिकटको लागी दावी गर्नु नियमविपरित हुन्छ ।’ उनले भने ।

विवादका कै कारण एमाले महोत्तरीको अधिवेशन हुन सकेको छैन । नेताहरूबीचमा देखिएको मत विभाजनले निर्धारित समयमा अधिबेशन हुन नसक्दा पटकपटक स्थगित बन्दै आएको छ ।

तर, एकपक्षले यहाँ अधिवेशन सम्पन्न भइ सपथ समेत खुवाइसकिएको दावी गरेका छन भने अर्काे पक्ष त्यसकोविरुद्ध पटकपटक केन्द्रमा डेलिगेसन गएको छ ।

नेकपा एमालेभित्र देखिएको भाडभैलोलाई नेकपा एसले भने अवसरको रुपमा लिएको छ । नेकपा एसका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका नेता सुरेश राउत अधिबेशन समपन्न भए पनि त्यसपछि आफ्नो पार्टीमा ठूलो समूह आउने दावी गर्छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार