असार २२, २०८२ आइतबार July 6, 2025

एमसीसीबारे अनिर्णीत बन्यो जसपा बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझैँ अनिर्णीत बनेको छ । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसी बारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन ।

निश्कर्ष बिनै सकिएको बैठक आइतबार पनि बस्नेछ । शुक्रबारदेखि बैठक जारी छ । आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ ।

शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा. भट्टराई पक्षले चर्को आलोचना गरेको थियो ।

डा. भट्टराई एमसीसी संसद्‍बाट अनुमोदन हुनुपर्ने पक्षमा छन् । उता यादव भने एमसीसीका विषयमा मौन छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार