असार २२, २०८२ आइतबार July 6, 2025

कैलालीमा राप्रपाको आमसभा, ७०० भन्दा धेरैलाई लिङ्देनले पार्टीमा स्वागत गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिने राजनीतिक दलका आलाकाँचा व्यवहारका कारण इतिहासमा पहिलोपटक वैदेशिक मामिलामा नेपाललाई विवादित बनाउने काम भएको बताएका छन् ।

सोमबार कैलालीको सुक्खडमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आम नागरिकको तहमा समेत बहस भइरहेको एमसिसी जस्तो संवेदनशील परियोजनालाई सत्ता गठबन्धन टिकाउने र भत्काउने विषय बनाएकोमा आपत्ति प्रकट गरेका छन् ।

ठूला भनिने दलको गलत कार्यशैलीका कारण आज अन्तर्राष्ट्रिय रुपमा नेपालको विश्वसनीयता कमजोर भएर गएको छ, अध्यक्ष लिङ्देनले भने, ‘यसको क्षति कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्रै होइन देशले व्यहोर्नुपर्ने छ ।’

अध्यक्ष लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले राजनीतिलाई कमाइ खाने माध्यम बनाउनेहरुबाट देशलाई खतरा रहेको र पार्टीहरुले कार्यकर्तालाई उत्पादनसंग जोड्नुपर्ने बताए ।

महामन्त्री डा.धवल शमशेर राणाले देश असफल हुने दिशातिर अघि बढिरहेको र राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको आवश्यकता बढेर गएको बताए ।

कार्यक्रममा पार्टीका नेता पूर्वमन्त्री जयन्त चन्द, प्रवक्ता ज्ञानेन्द्र शाही, सुदुरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

कैलालीको लम्की र सुक्खडमा आयोजित आमसभाका क्रममा विभिन्न पार्टी परित्याग गरि ७०० भन्दा बढी राजनीतिक व्यक्तिहरु राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

कैलाली र कञ्चनपुरमा हुने विभिन्न आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन र राप्रपाका शिर्ष नेताहरू सुदुर पश्चिम क्षेत्रमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार