असार २२, २०८२ आइतबार July 6, 2025

स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपा अध्यक्ष ठाकुरको संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।

महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिएका दिएका हुन् ।

अगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ ? भन्ने पत्रकारहरु प्रश्नमा ठाकुरले भने, ‘अहिलेसम्म गठबन्धन हुन्छ वा हुँदैन भन्ने पार्टीले अधिकारिक निर्णय गर्न सकेको छैन । तर ४ दलको गठबन्धन कायम रहेको अवस्थामा हाम्रो गठबन्धन पनि हुन सक्छ ।‘

गठबन्धनका दलहरुले चुनावसम्मै गठबन्धन कायम रहेने बताइरहेका बेला लोसपाले पनि एमालेसँग गठबन्धन गर्न सक्ने नेताहरुको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेका वेला लोसपा पनि उनीहरुकै सरकारमा सहभागि भएको थियो । अध्यक्ष ठाकुरसँग वरिष्ठ नेता शरतसिंह भण्डारी पनि थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार