असार २२, २०८२ आइतबार July 6, 2025

कांग्रेस कैलाली अधिवेशन : कोइराला समूहको समर्थन बमको प्यानललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अन्तरगत सभापति चयनका लागि हुने दोश्रो चरणको निर्वाचनमा कोइराला समूहले प्रकाश बम नेतृत्वको प्यानललाई सहयोग गर्ने भएको छ ।

बुधबार धनगढीमा बम र कोइराला समुहद्वारा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै कोइराला समूहले प्रकाश बम समुहलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

कोइराला समुहका नेता ताथा पूर्व जिल्ला सभापति तथा पुर्व केन्द्रिय सदस्य चन्द्रशेखर भण्डारीले कांग्रेसलाई सहि दिंसामा लैजाने शक्ति बममा रहेको हुँदा उनलाई सघाउने निर्णय गरिएको बताए । जिल्लामा गुटको राजनीति गर्र्दै एक सहमुहलाई भित्तामा च्याप्न खोजिएको भन्दै उनले त्यसलाई चिर्नु आवश्यक रहेको बताए ।

कांग्रेस कैलालीको सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षबाट नारायणदत्त भट्ट, प्रकाश बहादुर वम र शेखर कोइराला समुहबाट रामबहादुर कलेल विच प्रतिष्पर्धा भएको थियो ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिका लागि दोश्रो चरणमा प्रतिष्पर्धा हुने भएको हो । पहिलो चरणबाट नै पराजित भएका कोइराला समुहका उम्मेदवार रामबहादुर कलेल सहितको उपस्थितीमा बुधबार प्रकाश बमलाई सघाउने निर्णय गरेको जानकारी गराइएको हो ।

पहिलो चरणमा सभापतिका उम्मेदवार प्रकाश बलमे १ हजार १६९ मत पाएका थिए भने, नारायणदत्त भट्टले १ हजार ७२ मत पाउँदा कोइराला समुहका उम्मेदवार रामबहादुर कलेलले १ सय ९७ मत पाएका थिए । सभापतिका लागि हुने दोश्रो चरणको मतदानमा कोइराला समुहनै निर्णयक हुने देखिएको छ ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस कैलालीका निवर्तमान सभापति नरनारायण शाह ‘मनु’ले पहिलो चरणमा पाएको मतले हौसला थपिएको र दोश्रो चरणमा प्रकाश बम समुहको जीत शुनिश्चित भएको बताए । अहिले पनि अर्को समुहबाट नेता कार्यकर्तालाई प्रलोभन र धम्की आइरहेका भन्दै त्यस्ता प्रलोभनमा नफस्न उनले आग्रह गरे । ‘हामी सजिलै विजयी हुन्छौं,’ मनुले भने, ‘कार्यकर्ताले विचारलाई चिनेका छन्, उहाँमा गुटको भावना छैन, संघर्ष गर्नेहरु इमान्दार कांग्रेसीजनलाई उहाँले एकठाउँमा ल्याउन सक्नु हुन्छ ।’
प्रकाश बलमे एक,डेढ बर्ष अघि देखिनै सभापतिमा लड्ने  भन्दै आफुसंग सल्लाह गरेको र उहाँलाई सोही समयमा आफुले समर्थन गर्ने वाचा गरेको उनले बताए । ‘बमलाई मैले पहिलानै वचन दिइसकेको थिएं,’ उनले भने, ‘म वचनमा बाँधिएको थिएं र उहाँलाई सहयोग गरे, सहयोग गर्दा मलाई पश्चाताप पनि छैन ।’

कांग्रेस कैलालीको निर्वाचनमा नारायणदत्त भट्टलाई संस्थापन पक्षले आधिकारिक उम्मेदवारका रुपमा अघि बढाएको थियो । भट्ट प्यानललाई कांग्रेस केन्द्रिय सदस्य, डाक्टर रणबहादुर रावल, जनक चौधरी, नृपबहादुर वड, शुशीला मिश्र भट्ट, जीवन राना लगायतका नेताले समर्थन गरेका थिए भने, प्रकाह बम प्यानलालाई निवर्तमान सभापनि नरनारायण शाह ‘मनु’ ले समर्थन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार