असार २२, २०८२ आइतबार July 6, 2025

काँग्रेसको चितवन जिल्ला अधिवेशन आजदेखि सुरुः साझा उम्मेदवार बनाउन अर्जुननरसिंह केसी फिल्डमा उत्रिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ ।अधिवेशनअन्तर्गत हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ तथा शेखर कोइरालाका पक्षबाट डा सूर्यकान्त घिमिरे, उत्तम जोशी, विजय भुषाल र राजेश्वर खनालले सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

यसैगरी कैलाश कोइरालाले साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी भएको जिकिर गर्दै आउनुभएको छ । उहाँहरुबीच सहमति गराउन बुधबारदेखि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी जुटिरहनु भएको छ । जिल्लाका नेता र उम्मेदवारलाई समूहगत र एकल भेट्दै आउनुभएका केसीले पहिलो चरणमा मिल्ने सम्भावना कम रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “पहिलो चरणमा साथीहरु मिल्ने देखिएन, दोस्रो चरणमा आफ्ना समूहका उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनेको छ ।” आज मनोनयनसँगै शुक्रबार निर्वाचन हुँदैछ । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले ल्याउन नसकेमा दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार