असार २२, २०८२ आइतबार July 6, 2025

अवसरवादका जगमा बनेको गठबन्धन लामो समयसम्म नटिक्ने उपमहासचिव गुरुङको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको बताए ।

वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले पत्रकार जगत्ले यस किसिमका मुद्दालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने बताउँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा जोड दिए ।

चौतारीमा आबद्ध पत्रकारहरु नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धानका आधारमा लेख रचनाको माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्नेमा उनको जोड थियो । नेकपा (एमाले) सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले माओवादीले एससीसी सम्झौतामा सडक र सदनमा दोहोरो चरित्र देखाएको बताइन् ।

सञ्चार क्षेत्रले समाजको परिवर्तनका लागि खोजमूलक पत्रकारितामा जोड दिँदै उनले त्यसका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइन् । पार्टी पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज मना केसीले पार्टीको नीति, सिद्धान्त र विचारलाई जनतासमक्ष पु¥याउन पत्रकारहरूले जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

प्रेस चौतारी नेपालको वैशाख २७ र २८ गते पोखरामा हुने नवौं महाधिवेशन आयोजक कमिटी संयोजक गणेश पाण्डेले महाधिवेश सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाका प्रेस चौतारीका संस्थापक, केन्द्रीय पदाधिकारीलगायत १७ जनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दूर्गा भण्डारी, प्रेस चौतारीका नेता दुर्गाप्रसाद शर्मा, रामकृष्ण शर्मा, विद्रोही गिरी, प्रकाशचन्द्र भट्टराईलगायतले पत्रकारिता क्षेत्रको भूमिका र महत्वमाथि चर्चा गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार