काठमाण्डौंः नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महोत्तरीमा नागेश्वर यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा अर्का प्रतिस्पर्धीसँग सहमति जुटेपछि यादव सर्वसम्मत निर्वाचित हुनुभएको हो । प्रतिस्पर्धी सुशील यादवको समूहले नागेश्वर यादवलाई समर्थन गरेको हो ।
शुक्रवार भएको निर्वाचनमा ३ उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापति चयनका लागि दोस्रो चरण चुनाव गर्नुपर्ने थियो । तर, चुनावी प्रतिस्पर्धाबाट पछाडि हटेर सहमति भएपछि नागेश्वर यादव सर्वसम्मत निर्वाचित हुनुभयो ।
पहिलो चरणको चुनावमा जिल्ला सभापतिका तीन उम्मेदवारमध्ये नागेश्वर यादवले सबैभन्दा बढी १ हजार ११, सुशील यादवले ७ सय ७९ र बजरङ्ग नेपालीले ३ सय ६ मत पाउनुभएको थियो । समर्थन गर्ने र निर्वाचित दुवै उम्मेदवार देउवा पक्षधर निकट मानिनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया