श्रावण ६, २०८२ मंगलबार July 22, 2025

उपत्यकामा पाँच सय ‘फायर हाइड्रेन्ट’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिसकेको छ ।

बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै ‘फायर हाइड्रेन्ट’ जडानसमेत सुरु गरिएको जानकारी दिनुभयो । घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउन लागिएको हो । थप माग र आवश्यकताका आधारमा अरू ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिनेछन् ।

‘फायर हाइड्रेन्ट’ सञ्चालनका लागि कार्यविधिसमेत निर्माण भइरहेको छ । गृह मन्त्रालयको अनुमति तथा सम्बन्धित स्थानीय तहको समन्वयमा ‘फायर हाइड्रेन्ट’ स्थापना कार्य भइरहेको छ । मेलम्चीको पाइपलाइन जडान हुने ठाउँको प्रत्येक पाँच–पाँच सय मिटरको दूरीमा ‘फायर हाइड्रेन्ट’ राख्ने लक्ष्य रहेकोे छ ।

‘फायर हाइड्रेन्ट’ स्थापनासँगै राजधानीको आगलागी नियन्त्रण तथा विपत् व्यवस्थापन कार्यमा मद्दत पुग्ने विश्वास गरिएको छ । अहिले राजधानीको चक्रपथभित्र मुख्य गरी आवासीय तथा मुख्य व्यापारिक क्षेत्रमा यो प्रविधि स्थापना गर्न लागिएको छ ।

राजधानीमा आगलागीजस्तो विपत्ति पूर्वतयारीका रूपमा पनि यस कार्यलाई लिन सकिने आयोजनाले जनाएको छ ।आयोजनाका अनुसार, पानीको पाइप बिछ्याउनेक्रममै चक्रपथभित्र यो प्रविधि राख्ने स्थान पहिचान भइसकेको थियो । सो प्रविधि स्थापनाका लागि सम्बन्धित ठाउँमा चिह्न लगाउने काम सम्पन्न भइसकेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार