श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मेयरले नै अरुको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाईयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले अरुको नाममा भोट खसालेपछि मतदान रद्ध भएको छ ।

शनिवार शुरु भएको नेपाली काग्रेसको जिल्ला अधिवेशनमा मेयर एव सभापतिका उम्मेदवार समेत रहेका यादवले अरुको भोट खसाल्न थालेपछि विवाद उत्पन्न भए भएको थियो । विवादपछि निर्वाचन रद्ध भएको हो ।

सभापतिका उम्मेदवार रहेका राजेस राय यादवले अरुको नाममा समेत भोट खसालेपछि विवाद उत्पन्न भएको नेपाली काग्रेसका नगर सचिव मुकेश यादवले बताए । निर्वाचन अधिकृतको लापरवाहिले गर्दा मतदाताहरु आफुखुशी मतपत्र लिएर खुल्ला चौरमा मतदान दिन थालेपछि मतदान रद्ध भएको नेपाली काग्रेसका नगर सचिव यादवले बताए ।

नेपाली काग्रेसका सभापतिको प्यानलबाट शम्भु बहादुर बुढाथोकी र राजेश राय यादव र शेखर कोईरालाको प्यानलबाट रामानन्द यादव लगायत २२७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए । स्थिती तनावग्रस्त भएपछि निर्वाचन रद्ध गरिएको उनले बताए ।

बारा जिल्लामा कुल २४ सय २१ मतदाता रहेका छन् । करिव एक हजार ५ सय खसेको मतलाई उम्मेदवार र प्रहरीको रोहवरमा जलाईको थियो । राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार