काठमाडौंः नेकपा एमालेका नेता भीम रावलले एमालेले गरेको निरन्तर संसद अवरोध नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तर संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड हो । यो अत्यन्त गैर जिम्मेवारी काम हो ।
किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता जनताको जीविका जस्ता बिषयमा छलफल र त्यसले निकास देला भन्ने अपेक्षा गरेका हुन्छन् ।’
संसद भनेको देशमा उत्पन्न समस्या समाधान गर्ने थलो भएको उनको भनाइ छ । नेता रावलले भने, ‘देशको कार्यपालिका, न्यायपालिका र संसद् अलपत्र पार्ने काम गरिएको छ । मलाई लाग्छ कतै यो नेपाललाई कमजोर बनाउने सुनियोजित त खेल भइरहेको छैन?’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया