असार २२, २०८२ आइतबार July 6, 2025

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी, नारायणकाजी श्रेष्ठ पक्ष पनि सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आइतबारका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरी सोमबारका लागि बोलाइएको हो ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरू पनि सहभागी छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर श्रेष्ठ समूहले असन्तुष्टि सार्वजनिक गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठ समूहलाई पार्टी छाडेर जान सक्ने, आफूले केही गर्न नसक्ने अभिव्यक्ति दिएपछि सम्बन्ध बिग्रिएको थियो । आजको केन्द्रीय समिति बैठकमा श्रेष्ठ समूहले आफ्ना असहमति दर्ज गराउन सक्ने स्रोतले बतायो ।

राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक बसेको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले बाँकी केन्द्रीय सदस्य पनि मनोनीत गर्ने भएका छन् । माओवादीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन । महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने स्रोतले बतायो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार