असार २२, २०८२ आइतबार July 6, 2025

दुई पक्षको विवादका कारण काँग्रेस सर्लाही जिल्ला अधिवेशन स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारी सहित ९३ पदको आज हुने मतदान स्थगित भएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका स्थित पथित पब्लिक मा.बि.मा आज नेपाली कांग्रेस सर्लाहीको अधिवेशन हुने भनिएको अधिवेशन बिवादका कारण स्थगित भएको हो ।

नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले आज सूचना निकालेर विषेश परिस्थितिका कारण नेपाली कांग्रेस जिल्ला कार्य समितिको १४ अधिवेशन स्थगित गरिएको जिल्ला निर्वाचन अधिृत नागेश्वर प्रसाद सिंहले जानकारी दिनुभयो ।

आइतवार विभिन्न किसिम्मको आचारसंहिता बनेपनि आज हिजो भएको आचारसंहिता पालना नगर्ने, अलि फरक किसिमले गर्ने लगायतको विषयलाई लिएर दुई पक्ष बिच विवाद भएपछि अधिवेशन स्थगित भएको नेपाली कांग्रेसका नेता कौशल किशोर रायले जानकारी दिनुभयो ।

आइतवार अचार संहिताको सहमति अनुसार मतदान केन्द्र पब्लिक स्कुलमा राख्ने, आफनो नजिकको नातेदारले मतदान अधिकृतको रोहवरमा मत संकेत गर्ने लगायत ८ बुँदे अचार संहिता बनाइएइ पनि पालना नहुने भएपछि बिवादका कारण अधिवेशन स्थगित भएको नेता रायले बताउनुभयो ।

सर्लाहीमा जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह तथा संस्थापन ईतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका थिए । उपसभापतिमा संस्थापन पक्षबाट दुईजना शेख सदहदुल्ला र डा. सरोज कुमार (राजु)को उम्मेद्वारी परेको थियो भने संस्थापन ईतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेद्वारी परेको थियो । त्यस्तै सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन ईतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेद्वारी परेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार