काठमाण्डौंः नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षसहित झण्डै ३ सय जना एमालेका कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित सुब्बा तामाङको नेतृत्वमा २ सय ९५ जना एमालेका नेता तथा कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादिमा प्रबेश गरेको एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पुर्व सांसद राजेन्द्र प्रकाश लोहनीले जानकारी दिए ।
एकीकृत समाजवादी प्रवेश गर्नेहरुमा वडा नम्बर १, २, ३, ४, ७, ११ र १३ वडाका नेता तथा कार्यकर्ताहरु रहेका छन् । यस्तै कार्यक्रममा नै नेपाली काग्रेस परित्याग गरि श्रीराम पाण्डेको नेतृत्वमा २२ जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया