असार २२, २०८२ आइतबार July 6, 2025

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यसमिति बैठक २५ र २६ मा बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ ।

बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगत रुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ । बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ ।उक्त बैठकमा छलफल गरिने केही महत्त्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुङ्गो लगाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार