श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एउटा कम्पनीलाई पाँचवटा मात्रै ठेक्का दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सार्वजनिक खरिद नियमावलीको ११औंपटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ ।

यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले लिने पाउने व्यवस्थालाई संशोधन गरेर ३ अर्बसम्म पु¥याइएको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गर्दै अब ६० प्रतिशत काम सम्पन्न गरेको आधारमा मात्र पाँचवटाभन्दा बढी ठेक्का लिन पाउने व्यवस्था गरेको हो ।

एक मन्त्रीका अनुसार ६० प्रतिशत काम सम्पन्न नगरेमा एउटा व्यवसायीले पाँचवटा भन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उचित कदमको संज्ञा दिएका छन् । उनले तीव्र प्रतीक्षा गरेको व्यवस्था सरकारले ल्याएको भन्दै आफूहरू यो व्यवस्थाबाट अति नै उत्साहित भएको बताएका छन् । ‘मुख्य कुरो अब व्यवसायीले आफूले गर्न सक्ने कामको मात्र ठेक्का लिने भए, कामको समानुपातिक वितरण हुने भयो,’ उनले भने ।

अध्यक्ष सिंहले यो व्यवस्थाले देश विकासका लागि अग्रगामी छलाङ मार्नेसमेत बताएका छन् । ‘अब व्यवसायीले भोलिका दिनमा आफूले गर्न सक्नेभन्दा बढी ठेक्का लिँदैनन्, १० अर्बसम्मको ठेक्कामा नेपाली अनिवार्य गरिनु स्वागतयोग्य छ, यसले स्वदेशी मुद्रा बाहिर जान न्यूनीकरण गर्ने देखिन्छ भने नेपालीलाई विदेशी टेक्नोलोजी सिक्ने अवसर पनि प्रदान गर्छ,’ उनले भने ।

ठेकदार कम्पनीहरूले सयौं आयोजनाको ठेक्का लिएर होल्ड गर्ने चलन बढेपछि सरकारले कानुन नै संशोधन गरेर यसको व्यवस्थापन गर्ने योजना लिएको हो । सरोकारवाला निकाय तथा व्यवसायीहरूले नै एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का दिनुपर्ने व्यवस्था गर्नुपर्ने र सो निर्माण सम्पन्न भएपछि मात्र थप ठेक्का दिने व्यवस्था गर्न माग राख्दै आएका थिए ।

सीमित ठेकदार कम्पनीले भने यसको पक्षमा देखिएका थिएनन् । अघिल्लो सरकारको पालामा नै एउटा कम्पनीलाई पाँचवटा भन्दा बढी ठेक्का नदिनेगरी नियमावली संशोधन गर्ने प्रयास गरिएको थियो । सरकारले नियमावली संशोधन गरेपछि साना व्यवसायी पनि खुसी देखिएका छन् ।

‘अहिलेसम्म ठूला केही व्यवसायीले यो व्यवस्था लागू हुन दिएका थिएनन्, ‘अब ठूला ठेकेदारले सानासाना ठेक्कापट्टामा आँखा लगाउन पाउँदैनन् । जसले गर्दा निर्माण साइट होल्ड भएर बस्ने तर काम नहुने प्रवृत्ति अन्त्य हुन्छ,’ एक व्यवसायी भन्छन् ।

एउटा कम्पनीले एकपटकमा पाँचभन्दा बढी ठेक्का लिन नपाउँदा निर्माण क्षेत्रले गति लिने र पुँजीगत खर्चमा पनि वृद्धि हुने व्यवसायी बताउँछन् ।

अहिलेको व्यवस्थाअनुसार एउटै निर्माण कम्पनीले सयौं ठेक्का ओगट्दै आएका छन् । ठेक्का लिने तर काम नगर्ने चलनका कारण भौतिक प्रगति र पुँजीगत खर्च दुवैले अपेक्षाकृत प्रगति हुन सकेको छैन । -राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार