असार २२, २०८२ आइतबार July 6, 2025

घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।

जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घरघरमा पुग्ने अभियान सुरु हुनेछ । उहाँले भन्नुभयो, “हामीले पार्टीको जिल्ला कार्यसमितिको तेस्रो बैठकबाट घरघरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ ।

सोहीअनुसार पार्टीका नेता र कार्यकर्तासहित घरघरमा पुग्छौँ ।” यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताउनुभयो । पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने तयारी भएको हो । पार्टीको सिद्धान्त, नीति र विचारलाई आममानिसमा पु¥याउनका लागि अभियान सञ्चालनको तयारी भएको बताइएको छ ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने सभापति चन्दले बताउनुभयो । उक्त अभियानका लागि यज्ञराज जोशीलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार