श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जसमा बैठकः बहुपदीय अस्वीकार – संघीय परिषद्को बैठक आज, केन्द्रीय समितिको बैठक आइतबार र सोमबार बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो पार्टी पुगेको छ ।

बिहीबार र शुक्रबार काठमाडौंमा जसपाको कार्यकारिणी समितिको बैठक बस्यो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामूहिक एवं बहुपदीय प्रणालीमा जानुपर्ने गरेको प्रस्ताव अध्यक्ष उपेन्द्र यादव समूह ‘टालटुल’ गर्दै हाललाई यथास्थितिमै पार्टीलाई अगाडि बढाउने पक्षमा उभिएको छ ।

कार्यकारिणी समितिको बैठकमा डा. भट्टराई पक्षले सामूहिक एवं बहुपदीय व्यवस्थामा जानुपर्ने माग गरेका थिए । यसअघि समेत भट्टराई समूहले यो मुद्दा उठाउँदै आएको भए पनि पार्टीमा लागू नगर्ने पक्षमा यादव समूह उभिएपछि हालकै व्यवस्थाअनुसार पार्टी अगाडि बढ्ने भएको छ ।

‘बहुपदीय र सामूहिक नेतृत्वमा जानुपर्ने माग बैठकमा उठेको छ । तर, हाललाई सोअनुसार निर्णय हुन सकेन,’ बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले भने, ‘बहुपदीय र सामूहिक नेतृत्वमा गए उपेन्द्रजीको मनोमानी चल्दैन, त्यही भएर बाबुरामजीले उठाउँदै आएको सो विषयमा केही पनि निर्णय हुन सकेन ।’

कार्यकारिणी समितिको बैठक शुक्रबार सम्पन्न गरेर जसपाले संघीय परिषद्को बैठक शनिबार राखेको छ । संघीय परिषद्को बैठक सम्पन्न गर्दै आइतबार र सोमबार काठमाडौंमै केन्द्रीय समितिको बैठक बस्नेछ ।

संघीय परिषद्को बैठकमा संघीय परिषद्का अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । सो प्रतिवेदनमा छलफलपश्चात् आइतबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष यादवले पेस गर्ने राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ ।

जसपामा संघीय परिषद्का अध्यक्ष भट्टराई, केन्द्रीय समितिको अध्यक्ष यादव र वरिष्ठ नेतामा अशोक राई छन् । उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पद रिक्त छ । कार्यकारिणी समितिको बैठकले भट्टराई, यादव र राई रहेको तीन सदस्यीय ‘हाइकमान्ड’ कमिटी गठन गरेको छ ।

महत्वपूर्ण विषयमा केही निर्णय गर्नुपर्ने अवस्थामा यो कमिटीले निर्णय गर्न सक्ने अधिकार कार्यकारिणी समितिले दिएको छ । जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बहुपदीय प्रणालीमा जानुपर्ने विषयमा छलफल भए पनि निर्णय गर्न बाँकी रहेको बताए ।

जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले स्थानीय तहको निर्वाचन, पछिल्लो राजनीतिक अवस्था’bout छलफल भएको बताए । संघीय परिषद् र केन्द्रीय समितिको बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन’bout छलफल भएको बताए ।

स्थानीय तह निर्वाचनमा उठ्ने उम्मेदवारको सिफारिसमा राईको हस्ताक्षर चल्ने निर्णय यसअघि नै बसेको कार्यकारिणी समितिको बैठकले निर्णय गरिसकेको छ । यो निर्णय’bout छलफल गर्दै केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।

यस्तै, कार्यकारिणी समितिको बैठकमा सत्तारूढ गठबन्धनलाई आगामी निर्वाचनमा समेत निरन्तरता दिनुपर्ने सुझाव आएको छ । आगामी दिनमा हुने स्थानीयका साथै प्रतिनिधि सभा, प्रदेश सभालगायतको निर्वाचनमा सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने सुझाव आएको हो । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार