श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नियमविपरीत शुल्क लिँदै केयू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘चिकित्सा शिक्षा आयोगले बीएससी नर्सिङ अध्ययनका लागि १० लाख रुपैयाँ शुल्क तोकेको छ। पढाइका क्रममा गरिने विभिन्न शैक्षिक क्रियाकलापको शुल्क पनि त्यसमै जोडिएको हुन्छ।

छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई पनि कुनै अतिरिक्त शुल्क लाग्दैन,’ यो सबै २०७८ मंसिर ५ मा आयोगले जारी गरेको सूचनाले स्पष्ट पार्छ। तर, काठमाडौं विश्वविद्यालयले बीएससी नर्सिङको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क माग्न थालेको छ।

 

छात्रवृत्तिका विद्यार्थीलाई पनि अतिरिक्त शुल्क भन्दै ९५ हजार रुपैयाँ मागिएको हो। यसमा रजिष्ट्रेसन, फिल्ड भिजिट र परीक्षा शीर्षकमा अतिरिक्त रकम जोडिएको छ।

विश्वविद्यालयले विद्यार्थीको ग्रुपमा पत्र पठाएर अवैधानिक रूपमा रकम मागेको विद्यार्थी बताउँछन्। छात्रवृत्तिमा नपढ्नेको रजिष्ट्रेसन, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोस्टिङ, फिल्ड भिजिट, इन्टर्नसिप, आवेदन र सम्बन्धन शुल्क पनि १० लाखभित्रै जोडिएको हुन्छ।

विद्यार्थीहरूको पढाइ पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश भएको हुनाले सो विषयमा थप शुल्क लिन मिल्दैन। अन्नपूर्ण पोस्टबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार