श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सिंहदरबार बैद्यखाना जडीबुटी खोज्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चालू आर्थिक वर्ष २०७८–७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि आयुर्वेदिक औषधि उत्पादनमा गम्भीर गृहकार्य नगरेको एक मात्र सरकारी निकाय सिंहदरबार वैद्यखाना आर्थिक वर्षको अन्त्यतिर जडीबुटीको खोजीमा लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले आयुर्वेदिक औषधि उत्पादनलाई उच्च प्राथमिकतासाथ अघि बढाउन निर्देशन दिएपछि वैद्यखाना औषधि उत्पादन बढाउने गरी तयारीमा जुटेको छ ।

कोभिड प्रकोप सुरु भएपछि आयुर्वेदिक औषधि उत्पादन वृद्धि गरी नागरिकलाई सेवा दिएर मुनाफा आर्जन गर्ने अवस्थामा पनि सुस्ताएको वैद्यखानामा चालू आवको आठ महिनामा उत्पादन गर्ने सूचीमा रहेका दुई सयमध्ये ३५ वटा औषधि उत्पादनमै सीमित भएको छ । वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले जडीबुटीको जोहो गरेर चाँडै उत्पादन थप गर्ने बताए । उनका अनुसार औषधि उत्पादन बढाउने लक्ष्यसाथ बोलपत्र आह्वानको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ तर औषधि खरिद गर्न बोलपत्र खुलाउने विषय अझै निष्कर्षमा पुगेको छैन ।

डा. साहका अनुसार गत आव २०७७–७८ मा औषधि उत्पादन क्षमताअनुसार बोलपत्र आह्वान हुन सकेन । आव २०७६–७७ देखि वैद्यखाना धराशायी भएको बताउँदै उनले दुई पटक गरेर करिब ३० लाख रुपियाँ र करिब एक करोड रुपियाँको बोलपत्र आह्वान भएको बताए । उनले भने, “सानो टेन्डरको सबै जडीबुटी आयो । करिब एक करोड रुपियाँको बोलपत्रमा २० लाख रुपियाँ पेस्की दिएर ठेकेदारले ५० लाख जतिको मात्रै जडीबुटी दिएको थियो । त्यसले आवश्यकता र क्षमताअनुसार उत्पादन वृद्धि गर्न सकिएन ।” आव २०७७–७८ मा वैद्यखानाका लागि नेपाल सरकारको बजेटले गुरुयोजनासहितका काम गर्ने तय भएको थियो तर काम भएन ।

२०७७ चैत ३१ गते वैद्यखानाको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा आए पनि २०७८ वैशाख २ गतेदेखि काम सुरु गरेको तर वैशाख १६ मा लकडाउन सुरु भएपछि असारसम्म काम गर्न नपाएको उनको दाबी छ ।

वैद्यखानाका लागि बजेट पारित गर्न ढिलाइ हुँदा आयुर्वेदिक औषधि उत्पादनमा ढिलाइ भएको बताउँदै उनले भने, “म असारमै बजेट पारित गर्ने प्रयासमा लागेँ तर भएन । त्यसपछि साउन १८ गते लागेँ । परिस्कृत गरेर ल्याउन भनियो । त्यसपछि भदौ १३ गते पनि बजेट पारित नभएपछि कर्मचारीको पारिश्रमिकको माग गरेँ । त्यसपछि मेरो सरुवा भयो । काम गर्नै पाइनँ ।”

तर, पुनः निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा आफू फर्किएपछि औषधि उत्पादनका लागि पहल सुरु गरेको डा. साहले बताए । उनले भने, “च्यवनप्राश तीन हजार किलोग्रामबाट बढाएर १३ हजार किलो बनाइएको छ । शिलाजित खरिदका लागि टेन्डरमा जाँदै छौँ । अन्य जडीबुटी खरिद गरेर औषधि उत्पादन बढाउने योजनामा छौँ ।”

उनले अहिले उत्पादन भइरहेका ३५ प्रकारका औषधिलाई कायम राखेर थप ३० प्रकारका औषधि उत्पादन गर्ने बताए । उनले फागुन मसान्तसम्ममा बोलपत्र आह्वान गर्दा वैशाख पहिलो सातासम्ममा बोलपत्र हाल्ने र १५ दिनभित्र सम्झौता गरेर जेठबाट उत्पादन गर्ने प्रयासमा आफू रहेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले सिंहदरबार वैद्यखाना विकास समितिलाई निर्देशन दिइएको बताए उनले विस्तृत योजना बनाएर काम अघि बढाउन मन्त्रालयले सचेत गराएको बताए । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार