श्रावण ६, २०८२ मंगलबार July 22, 2025

हामी एक्लै चुनाव जित्छौंः ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई निर्वाचनमा आफ्नो दल एक्लैले पराजित गर्ने बताएका छन्। पार्टीनिकट महिलाको संगठन अनेम संघको पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै गठबन्धन दलको समूहसँग भिड्न एमाले एक्लै पर्याप्त रहेको बताएका हुन्।

‘गठबन्धन दलहरूलाई एक्लाएक्लै चुनावमा गए एमालेले कर्‍याककुरुक बनाउनेछ। एक्लाएक्लै आए भने त कर्‍याकमर्‍याक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्‍याककुरुक बनाउँछौं’, ओलीले भने। उनले एमालेप्रति जनताको आकर्षण बढिरहेको, दिनदिनै एमाले प्रवेशको लहर चलिरहेको तथा अन्य पार्टीबाट जनप्रतिनिधि नै एमालेको पक्षमा लागिरहेका कारण एमाले बलियो भएको बताए।

‘मैले यो हौसिएर बोलिरहेको छैन, हेर्नुस् न दिनदिनै एमाले प्रवेशको लहर चलिरहेको छ। स्थानीय तहमा पहिलाको भन्दा धेरै बढी जित हासिल गर्छौं। ६० प्रतिशत स्थानीय तहमा एमालेले निर्वाचन जित्नेछ’,ओलीले भने।

अन्य दलहरूले अप्ठेरो छ, गाह्रो छ भनिरहेको उल्लेख गर्दै ओलीले आफूहरूलाई जनताको माझमा जान अप्ठेरो नभएको बताए।

‘हामीलाई गाह्रो केही पनि छैन। हामी चुनावमा भाग लिन्छौं, गठबन्धनविरुद्ध लड्न सक्छौं’, उनले भने।

अध्यक्ष ओलीले अरू ससाना समूहमा रहेका र गठबन्धनका सबै एकातिर, एमाले एकातिर हुँदा पनि एमालेकै तौल बढी हुने दाबी गरे। उनले हाल सत्तामा रहेका दलका नेताहरू एमालेमा प्रवेश गर्न आतुर रहेको र स्थानीय तहमा उनीहरूलाई व्यवस्थापन गरिने बताए। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार