श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एआइजी बढुवा सिफारिसमा आइजिपी असन्तुष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री असन्तुष्ट भएका छन् ।

गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकमा डिआइजीबाट एआइजीमा बढुवा सिफरिस गर्दा मन्त्रालयको मनोमानी भएपछि आइजिपी क्षेत्रीले त्यसप्रति असहमति प्रकट गरेका हुन । दरबन्दी थपिएको तीन सातापछि एआइजीमा बढुवा सिफारिस भएको छ। सिफारिसप्रति असहमति जनाउँदै आइजिपी क्षेत्री खाली कागजमा सही गरेर बैठक कक्षबाट बाहिरिएका थिए।

‘प्रहरी संगठनमा गरेको कामको मूल्यांकन आइजिपीले गर्ने हो कि बाहिरबाट गर्ने हो, यसले समग्र प्रहरी संगठनमा असन्तुष्टि उत्पन्न गराउँछ, निर्वाचनको समयमा हुन लागेको बढुवा प्रक्रियामा मन्त्रालयले हस्तक्षेप गर्दा संगठनको गतिशीलतामा आँच आउँछ’, आइजिपी क्षेत्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

प्रहरी प्रधान कार्यालयले डिआइजीहरू ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह र उत्तम सुवेदीलाई बढुवा सिफारिस गर्न चाहेको थियो। तर बैठकमा बढुवा समितिका अध्यक्ष एवं लगृहसचिव टेकनारायण पाण्डेले वसन्त पन्त, सिंह र रविन्द्र धानुकको नाम प्रस्ताव गरेका थिए।

सचिव पाण्डेले माथिको आदेश भन्दै तीनजनाको नाम प्रस्ताव गरेका हुन्। त्यसमा आइजिपी क्षेत्रीले असहति प्रकट गरेका थिए। बढुवा समितिले प्रदान गर्ने नम्बरमा तलमाथि गर्न आइजिपीलाई दबाब दिइएको थियो। बढुवा समितिको सदस्य सचिव आइजिपी हुन्छन्।

बढुवा सिफारिसमा राजनीतिक हस्तक्षेप भएपछि प्रहरी प्रधान कार्यालयभित्र असन्तुष्टि पैदा भएको छ। मर्यादाक्रममा अघि रहेका डिआइजीहरूले थपिएको दरबन्दीमा पनि आफूहरू नपरेपछि अन्याय भएको महसुस गरेका छन्। अहिले एआइजीमा बढुवा भए नयाँ आइजिपीको प्रतिस्पर्धामा सहभागी हुन सिंह र धानुकलाई बाटो खुल्नेछ। विश्वराज पोखरेल र सहकुल थापा यसअघि नै एआइजी भएका छन्।

आगामी वैशाख १९ गते आइजिपी क्षेत्रीले अनिवार्य अवकाशमा पाउनेछन्। पोखरेल, थापा, सिंह र धानुक २०४९ चैतमा एकैपटक सेवामा प्रवेश गरेका थिए। पोखरेल र थापालाई केपी ओली नेतृत्वको तत्कालीन सरकारले एआइजी बनाएको थियो। सिंह र धानुक मंगलबार एआइजिमा बढुवाका लागि सिफरिस भएका छन्। यसअघि पोखरेल र थापा मात्रै नयाँ आइजिपीको प्रतिस्पर्धी थिए।

हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआइजी छन्। गत फागुन १२ मा सरकारले एआइजिपीका तीन दरबन्दी थप्ने निर्णय गरेको थियो। थपिएका तीन दरबन्दी पूर्ति गर्न मंगलबार तीनजनाको नाम सिफारिस भएको हो। अघिल्लो व्याचबाट पन्त र पछिल्लो व्याचबाट सिंह तथा धानुकलाई एआइजीमा सिफारिस गरेपछि पछिल्लो व्याचका डिआइजीहरू अन्यायमा परेका हुन्।

एआइजीमा सिफारिस भएका पन्तले आगामी वैशाख १९ गते सेवाबाट अवकाश पाउनेछन्। एआइजिका आकांक्षीमा ईश्वरबाबु कार्की, उत्तम सुवेदी, प्रकाश कार्की, घनश्याम अर्याललगायत आंकाक्षी थिए। आइजिपी क्षेत्रीसँगै उनकै ब्याची एआइजीहरू हरि पाल, प्रद्युम्न कार्की, निरज शाहीसँगै अन्य डिआइजीले वैशाख १९ मा अवकाश पाउनेछन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार